कार्यालयको परिचयः

नेपालको संविधान, २०७२ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी र स्थानीय सरकार सञ्चालन ऐन,२०७४ बमोजिम शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिएकोमा सो बाहेकका कार्यसम्पादन तथा जिल्लास्तरीय शिक्षाको समन्वय गर्ने प्रयोजनका लागि साविकको जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७४।१२।२७ को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय एकाइ स्थापना भएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको च.न. ५३, २०८३।०४।२१ को पत्रअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०८३/०८४, च.नं. १०, मिति २०८३/४/११ को पत्र बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/३/३२ को निर्णयअनुसार स्वीकृत भएको सङ्गठन संरचना र दरबन्दी तेरिज साथै राष्ट्रिय किताबखाना (निजामती) को प.सं. २०८३/०८४, च.नं. १५, मिति २०८३/४/२० को पद दर्ता सम्बन्धी पत्रअनुसार यस शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटको सङ्गठन संरचना, दरबन्दी तेरिज र कार्य विवरण स्वीकृत भएसँगै यस निकाय शिक्षा विकास तथा समन्वय एकाइको रुपमा नामाकरण भएको छ।

साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका कतिपय कार्यहरू तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यादेश र कार्य विवरणका आधारमा यस एकाइले कार्यसम्पादन गर्दै सेवाहरू उपलब्ध गराउँछ। शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोट नेपाल सरकारको जिल्लास्तरीय शैक्षिक समन्वय तथा सहजीकरण गर्ने निकाय हो। नेपालमा सङ्घीय शासन प्रणाली कार्यान्वयन भएसँगै स्थानीय तहलाई आधारभूत तथा माद्यामिक शिक्षासम्बन्धी महत्वपूर्ण अधिकार हस्तान्तरण भएपछि साविकको जिल्ला शिक्षा कार्यालयहरू खारेज गरी जिल्ला स्तरमा सङ्घीय सरकारका तर्फबाट शिक्षा सम्बन्धी कार्य सम्पादन, समन्वय तथा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय एकाइको व्यवस्था गरिएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं.२०७४ चैत २७ गतेको निर्णयअनुसार शिक्षा विकास तथा समन्वय एकाइ स्थापना भएको हो। प्रारम्भमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत स्थापना भएको यस एकाइलाई मन्त्रिपरिषद्को वि.सं. २०७५ पुस ९ गतेको निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत जिल्लास्तरीय सङ्घीय कार्यालयका रूपमा व्यवस्थापन गरिएको हो।

शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटले सङ्घीय शिक्षा नीति, ऐन, नियम, निर्देशिका तथा कार्यक्रमहरूको जिल्ला स्तरमा प्रवाहीकरण, कार्यान्वयनमा सहजीकरण, अनुगमन तथा प्रतिवेदन गर्ने कार्य गर्दछ। साथै स्थानीय तह, विद्यालय, शिक्षक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालालाई आवश्यक समन्वय र सहकार्य गरी जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको छ।

  • शिक्षा विकास तथा समन्वय एकाइ, नुवाकोटका मुख्य कार्यहरू:
  • सङ्घीय शिक्षा कानुन, नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपको प्रबोधिकरण र कार्यान्वयन गर्ने कार्य,
  • सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग शिक्षा सम्बन्धी कामहरूमा समन्वय गर्ने कार्य,
  • शिक्षकहरूको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने कार्य निवृत्त शिक्षकहरूको निवृत्ति भरणदेखि उपदान सम्बन्धी कामको सहजीकरण गर्ने माध्यमिक शिक्षा परीक्षा (SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य;
  • शैक्षिक प्रमाणपत्रहरूमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य;
  • विपन्न लक्षित छात्रवृत्ति र द्वन्द्वपीडितको छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य;
  • विद्यालयहरूको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य;
  • जिल्ला भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरूको विवरण सङ्कलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन (IEMIS) मा अद्यावधिक गर्ने कार्य,
  • विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य,
  • शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य।